राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर शाही चयन

136 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी को संसदीय दलको नेतामा ज्ञानबहादुर शाही चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । साथै बैठकले प्रमुख सचेतकमा खुश्बु ओली लाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

शाही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जुम्ला बाट निर्वाचित भएका थिए भने ओली समानुपातिकतर्फ सांसद बनेकी हुन् ।

raprapa-1.webp