निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो, सरकार गठनको प्रक्रिया सुरु हुने

145 Shares

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन रामचन्द्र पौडेल लाई बुझाएको छ । बिहीबार शीतलनिवास मा आयोगका पदाधिकारीसहितको टोलीले प्रतिवेदन हस्तान्तरण गरेको हो ।

आयोगले आजै समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको थियो । फागुन २१ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी दुईतिहाइ नजिक पुगेको छ । रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जितेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले ३८ सिट प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो स्थानमा रहेको छ । साथै श्रम संस्कृति पार्टी ७ सिटसहित उदाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी का ५ सांसद निर्वाचित भएका छन् ।

आयोगले निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । अब संविधानअनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।