चैत १३ मा नयाँ प्रधानमन्त्रीको शपथ, बालेन्द्र शाह नेतृत्वमा सरकार बन्ने

138 Shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी भएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै बहुमत प्राप्त गरेको थियो । पार्टीले निर्वाचनअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो ।

राजधानीस्थित रोयल सिंगी होटल मा बसेको बैठकले सांसदहरूको शपथपछि सरकार गठन गरी प्रधानमन्त्रीको शपथ गराउने निर्णय गरेको हो । पार्टीका उपसभापति स्वर्णिम वाग्ले का अनुसार चैत १३ गते शपथ कार्यक्रम तय गरिएको छ ।

संघीय संसद सचिवालयले भने चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम तय गरेको जनाएको छ ।