आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य

140 Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिका सँगको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ।

आज आयोजित कार्यक्रममा महानगरका कार्यवाहक उपप्रमुख सुनिता डङ्गोल को समुपस्थितिमा सम्झौता सम्पन्न भएको हो। महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दीपक केसी र रेडक्रस काठमाडौँ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा महानगरका वरिष्ठ अधिकृतहरूका साथै रेडक्रस काठमाडौँ शाखाका उपसभापति अन्जना श्रेष्ठ मास्के, मन्त्री बुद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर तथा शाखा अधिकृत बालकृष्ण श्रेष्ठ को उपस्थिति रहेको थियो।

सम्झौताअनुसार अब महानगरका सबै वडामा प्राथमिक उपचारसम्बन्धी तालिम सञ्चालन गरिनेछ, जसले आकस्मिक अवस्थामा नागरिकलाई तुरुन्त सहायता पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।