नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने

132 Shares

काठमडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकका एजेन्डाबारे भने औपचारिक जानकारी दिइएको छैन। यद्यपि कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा अहिलेसम्म गरेको छैन। यसअघि बसेको बैठकपछि नेताहरूले आगामी बैठकमार्फत निर्वाचनको समीक्षा गर्ने बताएका थिए।

यसअघि बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फका सांसदहरू छनोट गरेको थियो।