134
Shares
काठमडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालसम्म मन्त्रिपरिषद् गठनबारे कुनै टुंगो नलागेको बताएका छन्।
पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य दिँदै उनले आफूले बोल्ने समयसम्म मन्त्रिपरिषद् गठनको विषयमा निर्णय नभएको स्पष्ट पारे।
“अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं, बलियो मन्त्रिपरिषद् बनाउँछौं,” लामिछानेले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया