133
Shares
काठमडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका छन्।
उनी केहीबेरअघि ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण स्थलमा पुगेका हुन्, जहाँ हिजोदेखि कार्यक्रम सञ्चालन भइरहेको छ। रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण दिइरहेको छ।
कार्यक्रमको समापन मन्तव्य सभापति लामिछानेले दिने कार्यतालिका रहेको छ र सोही अनुसार उनी कार्यक्रममा सहभागी भएका हुन्।
यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन शाह भने अभिमुखीकरण कार्यक्रममा उपस्थित भएका छैनन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया