निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउने

136 Shares

काठमडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ।

राष्ट्रपति कार्यालयका अनुसार आयोगले बिहीबार अपराह्न ४ बजे शीतल निवासमा प्रतिवेदन बुझाउने समय लिएको छ। गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो र आयोगले नतिजा पनि सार्वजनिक गरिसकेको छ।

प्रतिवेदनमा सोही निर्वाचनको नतिजा समेटिएको छ र राष्ट्रपति पौडेललाई औपचारिक रूपमा बुझाउने कार्य आगामी बिहीबार हुनेछ।