143
Shares
खोटाङ । केपिलासगढी गाउँपालिका–२को बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमडाैंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हो। कँडेलले दुर्घटनामा मानवीय क्षति नभएको जानकारी दिइन्।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हो। सुरुमा डिलमा ल्यान्ड गर्न लागेको हेलिकोप्टरलाई बारीको बीचमा सार्ने प्रयास गर्दा दुर्घटना भएको अध्यक्ष राईले बताए।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया