नाइजेरियामा श्रृंखलाबद्ध विस्फोट: २३ को मृत्यु, सयभन्दा बढी घाइते

127 Shares

एजेन्सी । नाइजेरियाको उत्तर–पूर्वी क्षेत्रस्थित मैदगुरी सहरमा भएका श्रृंखलाबद्ध विस्फोटमा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार आज भएका यी विस्फोटहरू आत्मघाती हुनसक्ने आशंका गरिएको छ।

स्थानीय प्रहरीका अनुसार तीन स्थानमा राखिएका बमहरू निष्क्रिय पारिएको छ। विस्फोट युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको गेट, स्थानीय बजार तथा हुलाक कार्यालयबाहिर भएका हुन्।

यसअघि पनि सहरमा सैन्य केन्द्र र मस्जिदमा भएका आक्रमण तथा बम विस्फोटका घटनाले सुरक्षा अवस्था कमजोर बनाएको बताइएको छ