प्रधान सेनापति सिग्देलसँग अमेरिकी सेनाका उपप्रमुख भोवेलको भेट

164 Shares

काठमाडौं । अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख जोएल भोवेलले भेटवार्ता गरेका छन्।

जङ्गीअड्डास्थित सैनिक मुख्यालयमा सोमबार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको थियो।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नियमित भ्रमणका क्रममा भोवेल नेतृत्वको टोली भारतभुटान हुँदै आइतबार नेपाल आएको हो।

उक्त टोलीले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। टोली भोलि मङ्गलबार थाइल्याण्डतर्फ प्रस्थान गर्ने जनाइएको छ।

भोवेलको भ्रमणबाट नेपाल–अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ।