रास्वपाले नयाँ सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना, मोबाइल र पाहुनामा रोक

137 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नयाँ सांसदहरूको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिपमा कार्यक्रम हुने पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा सहभागी सांसदहरूका लागि ७ बुँदे निर्देशन पनि जारी गरिएको छ। सहभागी सांसदहरूले कार्यक्रम हलमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन्।

त्यस्तै, कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनालाई बोलाउन पनि निषेध गरिएको छ। सांसदहरूले आफ्ना परिवारका सदस्य, साथी वा अन्य व्यक्तिसँग भेटघाट वा फोटो खिच्नसमेत पाउने छैनन्।

यस्तो छ रास्वपाको सूचना 

rasapa1.jpg