काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा

144 Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। उपत्यकामा हावाहुरीसहित ठूलो वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशकर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वर्षा भइरहेको जनाइएको छ।