पितृशोकमा रहेका केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ खनाल

150 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल सोमबार गुण्डुस्थित ओली निवास पुगेर अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो।