बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

136 Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ वटु घर भई नागर्जुन नगरपालिका–५ सीतापाइला बस्दै आएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।

नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठलाई सर्वोच्च अदालतले २०८१ साल भदौ ५ गते बैंकिङ कसूर मुद्दामा ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना गर्ने फैसला गरेको थियो।

सीआईबीका अनुसार श्रेष्ठलाई सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको छ।