116
Shares
काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्।
सुशीला कार्की ले श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन्। उनलाई आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त गरिएको जनाइएको छ।
श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए। प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई राखेको विषय सार्वजनिक भएपछि विवाद भएको थियो।
उनकी पत्नी संगीता श्रेष्ठ लाई सहसचिवसरह स्वकीय सहसचिव बनाइएको विषय बाहिर आएपछि आलोचना बढेको थियो। त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सबै स्वकीय नियुक्तिहरू हटाइएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया