131
Shares
काठमाडौँ । सरकारले ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यका रूपमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभामा रिक्त रहेका १९ सिटमध्ये १८ सिटमा निर्वाचन भएको थियो। जसमा नेपाली कांग्रेस का ९ जना, नेकपा एमाले का ८ जना र जनता समाजवादी पार्टी का एक जना निर्वाचित भएका थिए।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक सदस्य भने रिक्त थियो।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ लाई राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया