अमेरिका–इजरायल आक्रमणविरुद्ध जति समय लागे पनि रक्षा गर्छौँ : इरान

146 Shares

एजेन्सी । इरान को विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाई ले संयुक्त राज्य अमेरिकाइजरायल को आक्रमणविरुद्ध जतिसुकै समय लागे पनि आफ्नो रक्षा गर्ने बताएका छन्।

गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरानसहित इरानका अन्य धेरै सहरहरूमा आक्रमण शुरु गरेका थिए। यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी आधार शिविर तथा सम्पत्तिहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको थियो।

इरानको आणविक कार्यक्रमबारे टिप्पणी गर्दै प्रवक्ता बगाईले अमेरिका र इजरायली पक्षलाई देशको आणविक गतिविधि पूर्ण रूपमा शान्तिपूर्ण रहेको राम्रोसँग थाहा भएको बताएका छन्।

उनले इरानले फारसको खाडी क्षेत्रका कुनै पनि राज्यप्रति दुश्मनी नराख्ने स्पष्ट पारे।