139
Shares
काठमाडौं । गोरखामा मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
माइक्रोमा १४ जना सवार रहेकोमा घटनास्थलमै ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया