148
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित नयाँबस्ती नागेश्वर गल्ली क्षेत्रमा एक पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार मृत भेटिएका पुरुषको उमेर अन्दाजी ५० वर्षको रहेको छ। केन्द्रीय समाचार कक्षका अनुसार मृतकको पहिचान भने खुल्न सकेको छैन।
शनिबार सडक नजिकै रहेको खाली जग्गामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया