एनआरएनएको १२ औँ महाधिवेशन आजदेखि सुरु

159 Shares

काठमाडौं । आजदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशन सुरु हुँदैछ।

हिजो काठमाडौंमा पत्रकार सम्मेलनमा एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो।

सम्मेलनमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले आजबाट सुरु हुने महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरेका छन्। केसीले अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुने र केही पदमा मात्र सर्वसम्मति नपाएमा निर्वाचनमार्फत चयन गरिने तयारी भइरहेको बताउनुभयो।

अध्यक्षका प्रत्यासी रोविन शेरचनले सहमतिका लागि उम्मेदवारी फिर्ता लिएका छन्।

अध्यक्षका तीन प्रत्यासीमध्ये दुईबीच सहमती भइसकेको र यसले एनआरएनएमा एकतालाई बलियो बनाउन सहयोग पुग्ने जानकारी महाधिवेशनमा दिइएको छ।