124
Shares
काठमाडौं । इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली घाइते भएका छन्।
शुक्रबार भएको आक्रमणमा परेर नुवाकोटको ककनी घर भएका एक नेपाली सामान्य घाइते भएका हुन् भने ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
स्रोतका अनुसार घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र उनलाई शनिबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको छ।
उनी आफ्नै कोठामा बसिरहेको बेला इरानी ड्रोन विस्फोट हुँदा छर्राले लागेको थियो।
शुक्रबार ओमानमा भएको इरानी आक्रमणमा परेर दुई विदेशी कामदारको मृत्यु भएको पनि जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया