रास्वपाको सचिवालय बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल

120 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने तयारी भए पनि समय र स्थान भने अझै तय गरिएको छैन।

पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर बैठकको समय र स्थान निर्धारण गरिने बताइएको छ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।