काठमाडौं । ओमप्रकाश अर्यालसँग नेपालका लागि चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।
मंगलबार गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको हो।
भेटका क्रममा गृहमन्त्री अर्यालले राजदूत चाङको कार्यकाल सफल रहोस् भन्ने कामना गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
गृहमन्त्रालयका अनुसार उनले चीनले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे।
उनले दूरसञ्चार तथा Cybercrime नियन्त्रणका क्षेत्रमा सहकार्य र सहयोग आवश्यक रहेको बताए।
त्यसैगरी राजदूत चाङले नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया