नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बाङ्ग्लादेशी प्रधानमन्त्रीको बधाई

186 Shares

काठमाडौं । तारिक रहमानले नेपालमा शान्तिपूर्ण रूपमा संसदीय निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका छन्।

सोमबार फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै तारिक रहमानले सफल र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकामा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका हुन्।

उनले लेखेका छन्, “यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा, सहनशीलता तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गर्दछ।”

प्रधानमन्त्री रहमानले बाङ्ग्लादेश सरकार नयाँ सरकार तथा नेपाली जनतासँग मिलेर दुई देशबीच लामो समयदेखि रहेको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्न इच्छुक रहेको पनि उल्लेख गरेका छन्।