महावीर पुनमाथि दुर्व्यवहारको घटनाप्रति जेनजी २.० को आपत्ति

154 Shares

काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनमाथि भएको दुर्व्यवहारपूर्ण घटनाप्रति जेनजी २.० ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले जारी गरेको प्रेस वक्तव्यमा देशका लागि विज्ञान, नवप्रवर्तन तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका पुनमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद, निन्दनीय र अस्वीकार्य भएको उल्लेख गरिएको छ।

वक्तव्यमा लोकतान्त्रिक समाजमा विचार, अभियान तथा सामाजिक कार्यलाई सम्मान गरिनुपर्ने उल्लेख गर्दै असहमति वा असन्तोष व्यक्त गर्ने नाममा व्यक्तिमाथि दुर्व्यवहार गर्नु सभ्य समाजका लागि शोभनीय नहुने बताइएको छ।

जेनजी २.० ले उक्त घटनाको कडा शब्दमा भर्त्सना गर्दै सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ।

साथै यस्ता घटना दोहोरिन नदिन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न पनि अपिल गरिएको छ।

gen-z.jpg