गोरखा–१ मा रास्वपाका सुदन गुरुङको फराकिलो अग्रता

97 Shares

काठमाडौं । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जिततर्फ उन्मुख भएका छन्।

पछिल्लो मतपरिणामअनुसार गुरुङले १९ हजार २ सय ९७ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १ सय ६७ मतसहित दोस्रो स्थानमा रहेका छन्।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ७ हजार २ सय १६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

मतगणना जारी रहेको र अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।