काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ७५ लाखभन्दा बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता कायम गरेको छ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ ७६ लाख १२ हजार ७६२ मतगणना भएको छ। जसमध्ये रास्वपाले ३६ लाख ४४ हजार ४०२ मत प्राप्त गर्दै करिब ४८.५ प्रतिशत मत हासिल गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसले १२ लाख २८ हजार ९२५, नेकपा एमालेले १० लाख ३८ हजार ३३५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ३३ हजार ७०३ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ५६ हजार ८३८ मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले २ लाख ३९ हजार १० मत पाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ८ हजार १३२ मत प्राप्त गरेको छ।
प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड १० लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया