वरिष्ठ अधिवक्ता बाबुराम दहालद्वारा ओलीलाई पार्टी रिकभरका लागि ११ बुँदे सुझाव

165 Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम दहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी रिकभर गर्नका लागि सुझाव दिएका छन्।

दहालले सामाजिक सञ्जालमा लेखेका छन्, “अहिले कसैले पार्टी छोडेका छैनन्, मत मात्र यता उता भएको हो। यो रिकभर हुन सक्छ, त्यसका लागि केही सुझाव दिँदैछु। तपाईं भर्खर अध्यक्ष हुनु भएको, तपाईंको हिम्मत र जोश हेर्दा अध्यक्ष छोड्ने हैन होला अत: यी सुझाव तत्काल कार्यान्वयन गर्नुहोस्।”

प्रधानमन्त्री हुँदा ओलीका कानुन विज्ञ रहेका दहालले कुल ११ बुँदे सुझाव प्रस्तुत गरेका छन्। सुझावहरू पार्टी एकता, संगठन सुदृढीकरण, नेतृत्व सुदृढीकरण र मतदातासँगको प्रत्यक्ष सम्पर्क लगायतका विषय समेटिएका छन्।

विशेषज्ञहरूले भने, यी सुझावहरूले पार्टीको रणनीति पुनःसमीक्षा गर्न र संगठनात्मक कमजोरीहरू सुधार गर्न मद्दत पुर्याउन सक्ने सम्भावना रहेको बताएका छन्।

१. तपाईंसँगै भएका मानिसहरूमध्ये तपाईंको धर्मपत्नी आदरणीय राधिका शाक्य बाहेक अरू कोही पनि तपाईंका शत् प्रतिशत आफ्ना मानिस होइनन्, छैनन् ।

२. तपाईं वरिपरिका विभिन्न पदका रहेका क्वाटर दर्जन दुष्टअसहिष्णु र मानवीय गुण अत्यन्त कम भएका व्यक्तिहरूलाई आफ्नो नाकको झिंगा धपाउन तरवार दिएर राख्नुभएको छती दुष्टआत्माहरूलाई तत्काल बर्खास्त गर्नुहोस् ।

३. तत्काल पार्टीको विशेष महाधिवेशन डाक्नुहोस्आधा काम नलाग्ने केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य फेर्नुहोस् । आफ्ना पिठिउँ हैनतपाईंसँग आँखा जुधाएर कुरा गर्न सक्ने योग्य ब्यक्तिहरू पदपूर्ति गर्नूहोस् । तलका कमिटीहरू पनि त्यसैगरी पुनर्गठन गर्नुहोस् ।

४. केन्द्र र देशभरको पार्टी कार्यालय कार्यकर्ताको बनाउनुहोस्हाकिमगिरी देखाउनेलाई नेता नबनाउनुहोस् ।

५. कसैलाई गाली नगर्नुहोस् र रुखो गालीकर्तालाई पार्टी जिम्मेवारीबाट हटाउनुहोस् ।

६. रातको २–३ बजेसम्म धेरैजसो चाप्लुसी गर्न आउनेहरूलाई नभेट्नुहोस् ।

७. विभिन्न भुगोल, सञ्चार क्षेत्र, कानुन क्षेत्र लगायतमात्यो क्षेत्रका पार्टी सदस्यहरूले मुखै हेर्न मन नपराउने मानिसहरूलाई जिम्मा दिनुभएको छ । तत्काल फेर्नुहोस् ।

८. पार्टी सदस्यहरू एकातिरनेतृत्व अर्कोतिर छतालमेल छैननेतृत्व हाकिमी भएकोले कार्यकर्ताबाटै विस्थापित छ । पार्टी विधान बमोजिम कथित माथिबाट इम्पोज नगरी स्वतन्त्र निर्वाचनबाट नेतृत्व चयन गर्ने सुनिश्चितता गर्नुहोस् ।

९. एसियामै व्यवस्थित पार्टी जहाँको त्यहीँ छमाथि लेखिएको कारणहरूले गर्दा अहिले पार्टीका एजेन्टहरूले पनि भोट फेरे जस्तो छ ।

१०. पार्टीमा फाइदाका लागि लागेका झोलेहरूले जनतालाई भोट नदिएकोमा सार्वजनिक रूपमा गाली गर्न थालिसकेजनता जनार्दन हुनयो रोक्नुहोस् ।

१०. तपाईंको नाम जपेर खुसी पारेर खाई-लाई गरिरहेकाहरूलाई मेरो सुझाव पटक्कै मन पर्दैनमलाई थाहा छ । तिनीहरूले तपाईंलाई भड्खालोमा हाल्दैछन् ।

११. अन्त्यमा भन्छु– प्रिय युवा जोश भएका आदरणीय अध्यक्ष ज्यू, कि सच्चिनुस्, कि योभन्दा अझ बढी सक्किनुस्पार्टीलाई पनि सक्काउनुस् ।