ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी, लुइटेल पाँच मतले पछि

128 Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल विजयी हुनुभएको छ।

पोखरेलले १३ हजार ९ सय ५३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइटेललाई केवल ५ मतको अन्तरले पछि पार्नुभएको हो। लुइटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ।

तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अम्बिरबाबु गुरुङ रहे, जसले ११ हजार २ सय ९६ मत प्राप्त गर्नुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार असिमता थापा १० हजार ७ सय २० मतसहित चौथो स्थानमा रहनुभएको निर्वाचन आयोगले जनाएको छ।bishwa raj.webp