बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी, एमालेका दामोदर भण्डारी तेस्रो स्थानमा

125 Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ।

भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतान्तरले पराजित गर्नुभएको हो। चन्दले १८ हजार १ सय ९४ मत प्राप्त गर्नुभएको छ।

यसैगरी विगतमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट लगातार तीन पटक विजयी भइसकेका दामोदर भण्डारी यसपटक तेस्रो स्थानमा परेका छन्। उहाँले १७ हजार ९१ मत प्राप्त गर्नुभएको छ।

बैतडीको एकमात्र निर्वाचन क्षेत्रमा ७२ हजार ८ सय ४३ मतदाता रहेका थिए। जसमा ५ हजार १ सय १३ मत बदर भएका छन्।