145
Shares
काठमाडाैं । चितवन को कालिका नगरपालिका–९ मा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
उपरदाङढीबाट शक्तिखोर तर्फ आउँदै गरेको बा.प्र ०६–००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भई नालीमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक पूर्णबहादुर विक (३९), राप्ती नगरपालिका–८ की बिष्णुकुमारी तामाङ (५६), सोही नगरपालिका–९ की बिनी तामाङ (२२) र तिलक तामाङ (५५) को उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा चिनिकुमारी गुरुङ (५३) घाइते भएकी छन्। उनको पुरानो मेडिकल कलेज भरतपुर मा उपचार भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया