दाङ–२ मा रास्वपाका विपिनकुमार आचार्य विजयी, शंकर पोखरेल २८ हजार मतान्तरले पराजित

168 Shares

काठमाडाैं । दाङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन्।

उहाँले नेकपा (एमाले) का महासचिव शंकर पोखरेल लाई २८ हजार २७५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

कुल ८२ हजार ६ मतमध्ये आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी पोखरेलले १५ हजार २८२ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका किरणकिशोर घिमिरे ले ११ हजार २७७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका निर्मलकुमार आचार्य ले ७ हजार ८१ मत प्राप्त गरेका छन्।

अन्तिम परिणाम आउनुअघि नै शंकर पोखरेलले पराजय स्वीकार गर्दै विपिनकुमार आचार्यलाई शुभकामना दिएका थिए।