काठमाडौं । गत भदौमा जेनजी युवाले गरेको आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आइतबारसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ।
प्रतिवेदनलाई अन्तिम रूप दिन आयोगका पदाधिकारीहरू सिंहदरबार स्थित कार्यालयमा बसेर काम गरिरहेका छन्। अनुसन्धानका क्रममा संकलन भएका प्रमाण तथा दस्तावेजहरूलाई वर्गीकरण गरी आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको जनाइएको छ। ती कागजातहरू पनि आयोगले प्रधानमन्त्री सुशीला कार्की लाई बुझाउने तयारी गरेको छ।
गत २३ भदौमा जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गौरीबहादुर कार्की को नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो। कार्की विशेष अदालत का पूर्वअध्यक्ष हुन्।
आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया