मोरङ–६ मा रास्वपाकी रूविना आचार्यको फराकिलो जित, शेखर कोइराला ४२ हजार मतान्तरले पराजित

153 Shares

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा मोरङ–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रूविना आचार्य विजयी हुनुभएको छ।

निर्वाचन कार्यालयका अनुसार आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइराला ले १२ हजार ८ सय ५० मत प्राप्त गर्दै पराजित हुनुभएको छ। आचार्यले कोइरालाभन्दा चार गुणाभन्दा बढी मत प्राप्त गर्नुभएको हो।

रूविना आचार्यले शेखर कोइरालालाई ४२ हजार ६ सय ६३ मतान्तरले पराजित गर्नुभएको छ।

मोरङ–६ को यो परिणामलाई प्रतिनिधिसभा निर्वाचनको अत्यन्त फराकिलो मतान्तरमध्ये एकका रूपमा हेरिएको छ।