काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ ७ हजार बढी मतले पराजित

164 Shares

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन् ।

काठमाडौँ–३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् । पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतान्तरले पराजित गरेका हुन् ।

यस नतिजासँगै काठमाडौँ–३ मा रास्वपाले प्रतिनिधिसभा सिट जितेको छ ।