मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

151 Shares

काठमाडौं । मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन्।

त्यस्तै नेशनल मंगोल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मत प्राप्त गरेका छन्।

योसँगै प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले दोस्रो जित हात पारेको छ। यसअघि मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।