दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

162 Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। प्रहरीले पछिल्लो पटक उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिएको हो।