म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता, एमाले उम्मेदवारभन्दा ३४३७ मत बढी

167 Shares

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले प्रारम्भिक मतगणनामा फराकिलो अग्रता लिएका छन्।

दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म पुनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा ३ हजार ४३७ मतले अग्रता बनाएका हुन्।

धवलागिरी र मालिका गाउँपालिकाका कुल ११ हजार २०१ मत गणना हुँदा पुनले ५ हजार ५०८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २ हजार ७१ मत पाएका छन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले १ हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले १ हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार अहिले मंगला गाउँपालिकाको मतगणना सुरु भएको छ।

बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो। ६ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ मध्ये १४ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ।