काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको हटस्पट मानिएको सर्लाही क्षेत्र नम्बर–४ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन्।
हालसम्मको मतगणनामा सिंहले १ हजार २३९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ७६८ मत पाएका छन्।
यसैगरी जनमत पार्टीका राकेश मिश्राले २५०, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९९ र नेकपा उम्मेदवार डा. रजनिश रायले १८ मत प्राप्त गरेका छन्। जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन्।
बिहान १० बजेदेखि मतगणना सुरु भए पनि पहिलो पटक औपचारिक रूपमा प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको हो।
सर्लाहीको गोडैता नगरपालिका स्थित श्री वेणी भोला नमूना माध्यमिक विद्यालयमा मतगणना भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया