157
Shares
काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा शुक्रबार बिहान ११:४५ बजे रेग्मी एक्कासी बेहोस भएर ढलेका थिए ।
उपचारका लागि उनलाई रंगेली अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
रेग्मी मोरङ क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया