काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ।
थकालीले कूल ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्रधरा विष्ट ले १ हजार ८ सय ६ मत प्राप्त गर्नुभएको छ। यससँगै थकालीले विष्टलाई १ हजार ८ सय ६ मतान्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू भने निकै पछि परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधितिय चन्द्र थकाली ले ७ सय ५९ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवीणकुमार शेरचन ले १३ मत प्राप्त गर्नुभएको छ।
मुस्ताङ जिल्लामा करिब १० हजार ९ सय ५७ मतदाता रहेकोमा करिब ७ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यससँगै मुस्ताङको प्रतिनिधिसभा सिट नेपाली कांग्रेसले आफ्नो पक्षमा सुरक्षित गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया