काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट–१ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी ले अग्रता लिनुभएको छ।
गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा–१ जयनगरको मतगणना गर्दा चौधरीले ७०६ मत प्राप्त गर्नुभएको छ।
उहाँलाई जनता समाजवादी पार्टीका उम्मेदवार योगेन्द्र यादव ले ५५७ मतसहित पछ्याइरहनुभएको छ भने नेपाली कांग्रेसका अनिलकुमार झा ले ३१२ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी नेकपा (एमाले)का अजयकुमार गुप्ता ले २८८ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल २२० मतसहित पाँचौँ स्थानमा रहनुभएको छ।
मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया