चितवन–२ मा रवि लामिछानेको अग्रता झन् फराकिलो

161 Shares

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले अग्रता अझै फराकिलो बनाउँदै लैजानुभएको छ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले १० हजार ८१४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेपाली कांग्रेसकी मीना खरेल ले ३ हजार ३१९ मतसहित पछ्याइरहेकी छन्।

त्यसैगरी नेकपा (एमाले)का अस्मिन घिमिरे ले २ हजार ८४५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ ले १ हजार ८४३ मत प्राप्त गर्नुभएको छ।

मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।