काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–१ मा नेकपा (एमाले)का उम्मेदवार दावा दोर्जे लामा ले अग्रता कायम राख्नुभएको छ।
हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये लामाले १ हजार ४ सय १७ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटी ले १ हजार १ सय ४८ मतसहित पछ्याइरहनुभएको छ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल ले ६ सय मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कृष्णराज पन्त ले ३ सय ७३ मत प्राप्त गर्नुभएको छ।
मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया