167
Shares
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुविना आचार्य ले फराकिलो मतान्तरसहित अग्रता लिनुभएको छ।
पछिल्लो मतपरिणामअनुसार आचार्यले ३ हजार ४ सय २३ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेपाली कांग्रेसका नेता शेखर कोइराला ले ७ सय २८ मतसहित पछ्याइरहनुभएको छ।
त्यसैगरी नेकपा (एमाले)का विनोदप्रसाद ढकाल ले ६ सय २७ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका मातृका पौडेल ले ६ सय ४ मत प्राप्त गर्नुभएको छ।
मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया