159
Shares
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन–३ को मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम ले मतान्तर बढाउँदै अग्रस्थानमा रहनुभएको छ।
हालसम्मको मतगणनामा सोविताले ४,९४४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल ले २,९६० मतसहित पछ्याइरहेकी छन्।
त्यसैगरी नेकपा (एमाले)का शंकर थपलिया ले ८५२ मत, नेपाली कांग्रेसका उम्मेदवारले ५५६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक थापा ले १४८ मत प्राप्त गर्नुभएको छ।
मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया