उपसभापति विश्वप्रकाश शर्माले रास्वपाको अग्रतालाई मतदाताको फैसला स्वीकार्य भने

132 Shares

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसअनुकूल परिणाम नदेखिएपछि उपसभापति विश्वप्रकाश शर्मा ले मतदाताको फैसालाइ स्वीकार्य भएको बताएका छन्।

गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएकोले उपसभापति शर्माले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मतदाताको निर्णयलाई सम्मान गर्ने बताएका हुन्।

उहाँले ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागत गरेको स्मरण गर्दै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई पनि स्वागत गरेका छन्। उहाँले लेख्नुभएको छ, “मतदाताको फैसला स्वीकार्य छ। ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागत।”

उपसभापति शर्माले प्रतिनिधि सभा निर्वाचन २०७९ मा रास्वपाले पाएको सफलतालाई हेर्दा हालको प्रारम्भिक मतपरिणाम अप्रत्यासित नभएको बताएका छन्। उहाँले भने, “०७९ मा प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्यासित होइन। चर्को आशा अर्को निराशामा बदलिनु हुँदैन, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ।”