काठमाडौं : देशभरको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ५० भन्दा बढी निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पहिलोपटक अग्रता लिएको छ।
राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो। यहाँ नेपाली कम्युनिस्ट पार्टीले दोस्रो स्थान लिइरहेको छ।
तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही ले १३५ मत प्राप्त गर्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टीले १०३ मत पाएको छ। राप्रपाका नरेश भण्डारी पनि उम्मेदवार रहेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही ले २५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार शान्तिलाल महत ले २३ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र प्राप्त गर्नुभएको छ भने १० मत बदर भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया