चितवन–३ मा रास्वपाकी सोविता गौतमको अग्रता कायम

147 Shares

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम ले अग्रता कायम राख्नुभएको छ।

पछिल्लो मतगणनाअनुसार सोविताले २४८५ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल ले १७८६ मतसहित पछ्याइरहनुभएको छ। अग्रता लिएकी सोवितासँगको मतान्तर रेनुले केही घटाएकी छन्।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार शंकरराज थपलिया ले ५३५ मत प्राप्त गर्नुभएको छ।

मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।